१६ असार, काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ ।
आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ ।
यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले १८, १९ साउनमा परीक्षा गर्ने सूचना जारी गरेको थियो ।