चितवन, १६ असार
नारायणी इंगलिस पब्लिक स्कुलमा मानसिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्पन्दन नेपालको आयोजनामा असार १४ गते कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रममा नारायणी इंगलिस पब्लिक स्कुलका प्राचार्य बेदराज न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो । स्पन्दन नेपालकि अध्यक्ष अनिता खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा स्पन्दन नेपालकि सल्लाहकार गोमा भट्टराईको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा नारायणी इंगलिस पब्लिक स्कुलका कक्षा १० का विद्यार्थीहरुलाई सचेतना रमा लामिछानेले, रुकु काफ्ले लगायतले प्रशिक्षण दिएका थिए।
कार्यक्रम स्पन्दन नेपालका सचिव बिमला दाहालले संचालन गर्नुभएको थियो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















