भरतपुर,असार १६-
चितवनको भरतपुरस्थित एक होटलमा चिनियाँ नागरिक मृत फेला परेका छन् ।
बीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका चिनियाँ नागरिक भरतपुर ७ स्थित होटल बर्षानामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनि क्यान्सर अस्पतालमा उपचारका लागि यहाँ आएको र असार १० गतेदेखि सोही होटलमा बस्दै आएको प्रहरीले जनाएको छ ।
चिनियाँ एम्बेस्सीसंग समन्वय गरेर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।














