चितवन, १५ असार
भरतपुर महानगरपालिका वडा नं–११, कमलामाई मन्दिरअगाडि भित्री सडकखण्डमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा स्कुटर चालक भरतपुर–११ बस्ने ७७ वर्षीय रुक्मांगत पाण्डे र मोटरसाइकल चालक कालिका–४,दीपशिखा बस्ने २५ वर्षीय विकास चौधरी रहेका छन् ।
गोन्द्राङबाट पदमपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३प ७९६८ नम्बरको मोटरसाइकलले गाईखर्कबाट कमलामाई मन्दिरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६००२ प १९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुवै घाइतेको एलाइभ हस्पिटल भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।














