तनहुँ, असार १४
तनहुँ सेवा समाज कतारले देवघाट गाउँपालिका वडा नम्बर १ कोटाको पार्वती माध्यमिक विद्यालयका ९० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
गण्डकी प्रदेश समन्वय परिषद कतारद्वारा मातहतका जिल्ला संस्थाहरु मार्फत गृह जिल्लाहरुमा गरिने परोपकारी परियोजनाको कोषबाट प्राप्त रकम र तनहुँ सेवा समाजको कोष बाट थप रकम एकमुस्ट गरेर विद्यालयको माध्यामिक तहका ४० जना, निमाबि तहका २३ जना र प्राबी तहका २७ जना गरेर जम्मा ९० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई एक कार्यक्रम मार्फत शैक्षिक सामाग्री सहयोग वितरण गरिएको छ ।
तनहुँ सेवा समाज कतारका अध्यक्ष पदम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई पार्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल प्रसाद गुरुङको अध्यक्षता र देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालय प्रधानध्यापक राजु गिरीले राख्नु भएको थियो र सहजीकरण शिक्षक गणेश बहादुर बिस्टले गर्नुभएको थियो साथै सम्पन्न कार्यक्रमको संयोजन युवा समाजसेवि आकाश गिरीले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, देवघाट गाउपलिका वडा नम्बर १ का अध्यक्ष र विद्यालय प्रधानध्यापक राजु गिरीले सहयोगी संस्था गण्डकी प्रदेश समन्वय परिषद कतार र तनहुँ सेवा समाज कतारलाई धन्यबाद व्यक्त दिदैँ समाजको सामाजिक कार्यप्रति प्रसंसा गर्दै आगामी दिनहरुमा संस्थाको प्रगतिको कामना गर्दै संस्थाको गरिमा उच्च रहने विश्वास पनि प्रकट गर्नुभएको थियो ।
कार्यक्रमलाई प्रमुख आतिथ्यता गर्नुभएका समाजका अध्यक्ष पदम गिरीले गण्डकी प्रदेश समन्वय परिषद कतार र तनहुँ सेवा समाज कतारले कतार र नेपालमा संस्थाले गरेका बिभिन्न सामाजिक कार्यहरुको विस्तृत जानकारी गराउदैँ यस्ता परोपाकारी गतिविधिहरुले आगामी दिनहरुमा पनि निरन्तरता पाउने जानकारी गराउदै शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यार्थीहरुको शैक्षिक जिवनमा धेरै अक्षर कोर्ने क्रममा समाजले पनि सानो टेवा पुर्याउने सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्दै विद्यार्थीहरुको उज्ज्वल भबिस्यको कामना गर्नुभएको थियो ।
साथै सम्पन्न कार्यक्रममा गित प्रस्तुत गरेका विद्यार्थीहरुको प्रतिभाको कदर गर्दै समाजका अध्यक्षले प्रतिभाको प्रोत्साहन स्वरुप केहि रकम मार्फत पनि सहयोग गर्नुभएको थियो ।