चितवन, १२ असार
चितवनमा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।
माडी नगरपालिका स्थित ५ छरछरे स्थितमा रहेको मगई खोलाले बगाउँदा ४५ वर्षीय रण बहादुर कामी बेपत्ता भएका हुन् । कामीको खोजि कार्य र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
साथै पानी परिरहेको र खोलाहरु बढेको कारण भरतपुरबाट माडी-ठोरी तर्फ जाने सवारी साधनहरु नचलेको प्रहरीले जनाएको छ ।














