चितवन, ११ असार
भरतपुर महानगरपालिकाले महानगर भित्रका सडकसहित सार्वजनिक स्थलमा सिसी क्यामेरा जडानका लागि ८ करोड रुपैंया बजेट विनियोजन गरेको छ ।
महानगरको नगरसभा तथा १५ औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै उपप्रमुख चित्रसेन अधिकारीले महानगरबासीको सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्न सो रकम विनियोजन गरेको बताउनुभयो ।
यस्तै महानगरपालिकाले महानगरपालिका भित्रका सडक क्षेत्र हरियाली बनाउनका लागि पाँच करोड बजेट विनियोजन गरेको जनाएको छ । महानगरपालिकाले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ ।