• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, भदौ ११, २०८२
☰
बुधबार, भदौ ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    प्याराडाइज इन्फोटेकको ५औं वार्षिकोत्सव : एक युवाको सपना, सयौँको विश्वास, र आईटीको उज्ज्वल भविष्य!

    लोकप्रिय समाचार

    • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • २. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • ३. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ४. आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    • ५. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ६. नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    • ७. दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

    • ८. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    • ९. आज बिहीवार कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    • १०. प्रहरी चेकिङमा मोटरसाइकल दुर्घटना, सामाजिक अभियन्ताको मृत्यु

    चट्टान आरोहणको केन्द्र बन्दै बन्दीपुरको चुनपहरा

    डुम्रे (तनहुँ), असार ९-
    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरा चट्टान आरोहणको केन्द्रका रुपमा विकास हुँदै गएको छ । यहाँ पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण गराउने गरिन्छ ।

    प्रमाणित पर्वतीय पथप्रदर्शक उत्पादनका लागि यहाँ राष्ट्रियस्तरको ‘सर्टिफाइड कम्पोनेन्ट–२’ अन्तर्गतको तालिममा सहभागीलाई प्रशिक्षण दिइरहेको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार चरणबद्ध रुपमा दिइने तालिममध्ये चट्टान आरोहणको पथप्रदर्शक (गाइड) बन्न उक्त तालिम प्रमाणित गरिएको छ ।

    शेर्पाले भन्नुभयो, “शरीरको सहनशीलतालाई विकास गर्न यहाँको हावापानी उपयुक्त रहेकाले प्रशिक्षण गराउन ल्याउने गरेका छौँ । यसपछि ‘आइस क्लाइम्बिङ’ गराएर मात्रै तालिम प्राप्त पथप्रर्दशक बनेको भनेर प्रमाणपत्र दिने गरिन्छ ।” पन्ध्र प्रशिक्षार्थीलाई चट्टान आरोहण तालिम दिइरहेको उहाँले जानकारी दिनुभयो ।

    गाइडले मौसमको आभास गर्नुपर्ने भएकाले सिद्धगुफाको चट्टान उपयुक्त रहेको प्रशिक्षक शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “दक्ष गाइड उत्पादनका लागि उनीहरुले मौसमको अनुभव गर्नुपर्ने हुन्छ । कहिले चिसो त कहिले तातो मौसमको सामना गर्न सक्ने गरी तालिम प्रदान गर्दा यहाँको मौसमका साथै ठाउँ पनि उपयुक्त छ । यसले गर्दा प्रशिक्षणका लागि यहाँ ल्याउने गरेका छौँ ।”

    विदेशबाट नेपालका हिमाल आरोहणका लागि आउने गरेका पर्यठकका लागि सहज रुपमा सुरक्षित पथप्रर्दशन गर्न सक्ने गरी कम्पनीले गाइड उत्पादन गरिरहेको शेर्पाले बताउनुभयो । उहाँका अनुसार माउन्टेन गाइडका लागि चट्टान आरोहण प्रशिक्षणका साथै आइस क्लाइम्बिङ (पहिलो चरण)को तालिम प्रदान गरिसकिएको छ ।

    चट्टान, ग्लेसियर, पिक क्लाइम्बिङ गर्न दक्ष भएपछि मात्रै पूर्ण रुपमा २० दिनको प्रयोगात्मक परिक्षण सकिएपछि दक्ष गाइडको प्रमाणपत्र प्रदान गरिने जनाउँदै प्रमाणपत्र प्राप्त गरेकाले गाइडका रुपमा काम गर्न सक्ने शेर्पाको भनाइ छ । मौसम, जोखिम अनुसारको सुरक्षित गाइड गर्न सक्ने गरी पर्वतीय गाइड उत्पादन हुने गर्दछ ।

    काभ्रेपलाञ्चोककी लक्ष्मी तामाङ ‘कम्पोनेन्ट–२’ अन्तरगत ‘एस्पेरेन्ट गाइड’को तालिम लिइरहेको बताउनुभयो । देशैभरमा दक्ष तथा अनुभवी महिला गाइड सङ्ख्यात्मक रुपमा कम रहेकाले आफूले उक्त तालिम लिएको उहाँको भनाइ छ ।

    तामाङले भन्नुभयो, “यहाँको चट्टान आरोहण गर्दा अझै सहज हुने अपेक्षा गरेको छु । तालिमका लागि यहाँको चट्टान आरोहण उपयुक्त र सजिलो छ । साहसिक काम गर्दा अन्य महिलालाई पनि प्रोत्साहन गर्न सकिने अपेक्षा छ ।”

    पृथ्वी राजमार्गसँगै जोडिएको यो ठाउँमा विदेशी तथा स्वादेशी साहसिक खेलाडी समयसमयमा चट्टान आरोहणका लागि आउने गरेका छन् । हालसम्म कम्पनीले करिब एक सय भन्दबढी दक्ष तथा अनुभवी गाइड उत्पादन गरिसकेको जनाएको छ । साहसिक खेलको प्रशिक्षणको केन्द्र बन्दै गएको विमलनगर चुनपहरा रक क्लाइम्बिङका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले बताउनुभयो । साहसिक खेलका रुपमा रहेको रक क्लाइम्बिङको विकास गर्दै आयआर्जनसँग जोड्न लागिपरेको उहाँको भनाइ छ ।

    विसं २०६४ मा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक र स्थानीयवासी मिलेर सो क्षेत्रको सुरुआती अन्वेषण गरेपछि क्रमबद्ध रुपमा यहाँ सम्बन्धित सङ्घसंस्था तथा निकायले चट्टान आरोहणको गतिविधि बढ्उँदै गएका संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पथप्रदर्शक मात्रै नभएर हिमाल आरोहणका लागि पनि पहिलो खुड्किलाका रुपमा प्रशिक्षण लिन यहाँ आउने गर्दछन् ।

    “केही दिनको चट्टान आरोहणपश्चात् हिमाल आरोहणमा जाने गरेका छन् । यहाँ चट्टान आरोहणको गतिविधि बिस्तारै बाक्लो बन्दै गएको छ । यसले यहाँको साहसिक पर्यटनको प्रवर्द्धनमा समेत टेवा पुगेको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । यसको प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आयआर्जनसँग जोड्न तीनै तहका सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

      Chitwan Aaja चितवन आज
      आइतबार, असार ०९, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो
      रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ
      लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

      ताजा समाचार

      सबै

      पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो

      रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

      लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

      शरीर जलेको अवस्थामा भेटिए सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी

      मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

      भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व आज मनाइँदै

      दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      नवलपुरको कावासोती धापमा भासिएर गैँडाको मृत्यु

      हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

      तिजमा अर्थतन्त्र : यस्तो छ साडीदेखि चुरा पोतेसम्मको व्यापार

      वीरगञ्जमा हैजा प्रकोप : अस्पतालबाट १७१ डिस्चार्ज, २२० जना उपचाररत

      इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

      सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      धेरै डिजेल हाल्ने ग्राहकलाई शुभ पेट्रोल्याण्डद्वारा सम्मान : पम्पको खर्चमा पढ्दै छन् असाहय विद्यार्थी

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • २.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • ३.
        इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      • ४.
        आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

      • ५.
        हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      • ६.
        नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.