भरतपुर,असार ९-
चितवनको रामपुरमा अचेत अबस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा गोरखा जिल्ला साबिक थालजुङ गाउँपालिका १ घर भएका ५९ वर्षिय आश बहादुर कार्की रहेका छन् ।
कार्की शनिवार भरतपुर महानगरपालिका १९ रामपुरस्थित लक्ष्मी चोकको घाँसे झाडीमा अचेत अबस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शब भरतपुर अस्पतालको शबगृहमा राखिएको छ ।














