भरतपुर, असार ८
कैलाश युथ क्लवको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३० जना पुरुष र १५ जना महिला गरी ४५ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, विशेष अतिथिहरुमा भरतपुर महानगरपालिका ११ का वडाध्यक्ष कमल मल्ल, नवजागृती सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष नारायण के.सी, सेन्ट्रल कलेजका प्रिन्सीपल यज्ञ विलास पौडेल (वाइवी) र चितवन जिल्ला फुटवल सेवाका अध्यक्ष कृष्ण कार्की रहेका थिए ।
कार्यक्रम क्लवका अध्यक्ष सविन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रम भरतपुर महानगरपालिका ११ स्थित कैलाशनाथ मन्दिरमा भएको थियो । रगत अभाव समाधान गर्न रक्तदान कार्यक्रम गरेको क्लवले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















