चितवन, असार ८-
कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको निरन्तर शिक्षा केन्द्रको आयोजना र विश्वविद्यालयमा सँचालित युएसएआइडी कृषि उच्च शिक्षा कार्यक्रमको सहयोगमा चितवनमा जलवायु मैत्री कृषि अभ्यास सम्बन्धी दुइ दिने तालिम सम्पन्न भएको छ ।
भरतपुरको प्रिन्स भिलेज रिर्सोटमा असार ६ र ७ गते विश्वविद्यालयका कृषि, वन र भेटिरिनरी सँकायका प्राध्यापकहरुको क्षमता अभिबृदीका लागी उक्त कार्यक्रम आयोजना गरिएको निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा तालिम सँयोजक सह प्राध्यापक डा। निराजन भट्टराईले जानकारी दिनुभयो ।
डा। भट्टराईले नेपाल जलवायु परिवर्तन र यसको असरका हिसावले उच्च जोखिमयुक्त देश भएकोले उच्च शिक्षा प्रणालीमा जलवायुमैत्री कृषि सम्बन्धी विषय बस्तुहरु कसरी जोड्न सकिन्छ भनेर उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
तालिममा विशेष सहजिकरण गर्दै अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयका प्राध्यापक डा। उमा कार्कीले जलवायु परिवर्तन र कृषि क्षेत्रमा देखिएका विभिन्न असरहरु र यसको न्युनिकरणका उपायहरु, पशुपालन प्रणाली र यस क्षेत्रबाट उत्पादन हुने हरितगृह ग्यास उत्सर्जन र यसको असर न्यूनीकरण रणनीतिका विभिन्न आयाममा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
तालिममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मी, सेवा आयोग अध्यक्ष प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, रजिष्टार प्रा. डा. शारदा थपलियाको विशेष उपस्थिति रहेको थियो । तालिममा विश्वविद्यालयको केन्द्रिय सँकाय र आँगिक कलेजहरुमा कार्यरत ३० जनाभन्दा बढिको प्राध्यापकहरुको सहभागिता रहेको थियो ।