चितवन, ७ असार
भरतपुर महानगरपालिका वडा नं-११, विशाल चोकबाट लागूऔषधसहित दुई युवा पक्राउ परेका छन् ।
प्रहरी टोलीले पैदलयात्री धादिङ बेनिघाट गाउँपालिका वडा नं-५ बस्ने ३४ वर्षीय रमेश परियार र सोही ठाउँ बस्ने ३१ वर्षीय कुमार श्रेष्ठलाई चेकजाँच गर्दा स्टेगन ३०० पिस, एनार्गन १०८ पिस, ट्रामाडोल ४०८ पिस गरी जम्मा ८१६ पिस अवैध लागूऔषध नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।