चितवन, ६ असार
भरतपुर महानगरपालिका ११ मा रहेको कैलाशनाथ मन्दिरमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।
कैलाश युथ क्लबको आयोजनामा असार ८ गते शनिबार कार्यक्रम हुन लागेको हो । रगत अभाव समाधान गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम बिहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
खुल्ला रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न कैलाश युथ क्लबले आग्रह गरेको छ ।