चितवन, ६ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर वडा कमिटि ४ ले सरसफाई कार्यक्रम गरेको छ।
पार्टीको दोस्रो स्थापना दिवसको अवसर पारेर सरसफाई कार्यक्रम गरिएको वडा सभापति भोजराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार धर्म चोकदेखि लंकु पुलसम्म सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा केन्द्रीय सदस्य राजन गौतम, महानगर सभापति सिता ज्ञवाली, प्रदेश प्रचार प्रसार विभाग उपप्रमुख भविलाल चापागाई, प्रवास जापान केन्द्रिय सदस्य प्रकाश आचार्यको उपस्थिति रहेको थियो ।
त्यस्तै टोल विकास समिति,आमा समूह, पार्टीका सदस्य, वडा कमिटि, शुभ चिन्तक लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
रास्वपाले सप्ताव्यापी रुपमा देशभर बिभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस मनाइरहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















