चितवन, ६ वैशाख
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियामा रहेको भनिएका जीबी राईको लोकेशन पत्ता लागिसेकेको बताएका छन् । उनी आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
लामिछानेले मलेसियाका गृहमन्त्रीसँग लगातार छलफल भइरहेको बताएका छन् ।
त्यहाँका गृहमन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, “जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ ।” त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भए पनि आफूहरु कोसिसमा रहेको लामिछानेको भनाइ थियो ।
लामिछानेले ३ तिन अघि मलेसियाका गृहमन्त्रीसँग टेलिफोन वार्ता भएको बताएका थिए ।














