भरतपुर, असार ६–
भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्रु भरतपुर–२१ का ३५ वर्षिय रामकृष्ण परियार रहेका छन् ।
भरतपुर–२३ कृष्णचोकबाट बजार तर्फ जादै गरेको बा.प्र०२–०१९प ६४७१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
प्रहरीका अनुसार बुधबार बेलुका करिब साढे ८ बजे भएको उक्त दुर्घटना पश्चात गम्भीर घाइते भएका परियारको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहिबार विहान करिब साढे ५ बजेको समयमा मृत्यु भएको हो ।
मोटरसाइकल र चालक दुवै प्रहरी नियन्त्रणमा रहेका छन् ।