चितवन, २ असार
पश्चिम चितवनमा मुस्कान लाइभ ग्रुपको “दुर्घटना न्यूनीकरण” सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सस्थाको वार्षिकउत्सवको अवसर पारेर ज्योतिनगर बजारमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।
ट्राफिक प्रहरी चनौलीको सहकार्यमा कार्यक्रम गरिएको मुस्कान लाइभ ग्रुपले जनाएको छ ।
कार्यक्रममा चालकले मोबाइल प्रयोग गर्दा हुने जोखिम, सार्वजनिक बसमा फोहोर व्यवस्थापनका लागि बाल्टिन अनिवार्य, बस स्टपको मापदण्ड लगायतको कुराहरु जानकारी गराइएको थियो । साथै सचेतनामुलक स्टिकरहरु सार्वजनिक बसहरुमा टाँसिएको
थियो ।
घटना घट्नु अघि नै सचेत रहन सके दुर्घटना रोक्न सकिने उदेश्य लिएर कार्यक्रम आयोजना गरिएको मुस्कान लाइभ ग्रुपले जनाएको छ ।
कार्यक्रम वडाध्यक्ष ज्ञान प्रसाद खनालको प्रमुख अतिथिमा सम्पन्न भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















