चितवन, २ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले भोलिदेखि विभिन्न कार्यक्रमहरु गर्ने भएको छ । पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा कार्यक्रमहरु तय गरिएको हो ।
जिल्ला सभापति कृष्ण प्रसाद भुसालका अनुसार असार ३ गतेबाट असार ७ गतेसम्म चितवनका विभिन्न वडा, पालिकाहरुमा कार्यक्रम गरि स्थापना दिवस मनाइने छ ।
सार्वजनिक स्थलको सरसफाई, वृक्षरोपण, रक्तदान, शुभकामना आदानप्रदान तथा चियापान र दिप प्रज्वलन जस्ता कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको सभापति भुसालले जानकारी दिए ।
असार ७ गते भरतपुरको चौबिसकोटी हुने वृहत रक्तदान र चियापान कार्यक्रममा जिल्लाभित्र रहेका सबै नेताहरु, शुभचिन्तकहरुलाइ सहभागी हुन रास्वपा चितवनले अनुरोध गरेको छ ।















