नवलपुर,असार १-
त्रिवेणीस्थित गण्डक ब्यारेज पुल तल नारायणी नदीमा पौडी खेल्न गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरीका अनुसार बिनयी त्रिवेणीस्थित चन्दन गुप्ताकी १३ वर्षिया छोरी आंचल गुप्ताको नदीमा डुबेर शुक्रबार साँझ मृत्यु भएको हो ।
प्रहरी र स्थानीयले उद्धार गरेर नजिको भारतीय सुरभी मेडिकेयरमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्रिवेणीधामस्थित नेपाल भारत सिमानामा गण्डक ब्यारेज पुल रहेको छ । गर्मी छल्न स्थानीयहरु पुल तल नदीमा पौडी खेल्न जाने गर्छन् । त्यही पौडिन जाँदा डुबेर उनको मृत्यु भएको हो ।