चितवन, ३२ जेठ
ब्लड डोनर्स सोसाईटी नेपालको आयोजनामा जनचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवस अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम भरतपुरको चौबीसकोठीबाट शुरु भएको हो ।
प्रभातफेरी कार्यक्रम चौबीसकोठीबाट शुरु हुँदै अस्पतालरोड, मालपोत चोक, कर कार्यालय चोक, भरतपुर अस्पताल, सप्तगण्डकी चोक हुँदै पुनः चौबीसकोठीमा पुगेर सम्पन्न गरिएको हो ।
प्रभातफेरीमा सहभागीहरुले रक्तदान–जीवनदान, १८ औं जन्मदिन रक्तदान गरेर मनाऔं, समाज कल्याणमा दिनलाई योगदान गर्ने गरौं नियमित रक्तदान, मैले त रक्तदान गरे अनि तपाईले नि ? विश्व रक्तदाता दिवस सफल पारौं जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए ।
रक्तदानप्रति जागरुकता ल्याउन ब्लड डोनर्स सोसाईटी नेपालले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।