चितवन, जेठ ३१-
भरतपुर महानगरपालिका–१८ हरिहरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
लमजुङ घरभई भरतपुर–१७ भुषालचोकमा डेरा गरी बस्ने १९ वर्षीय दिपक परियारको नदीमा डुबेर मृत्यु भएको हो ।
बुधवार दिउँसो साढे २ बजे नदीमा डुबेपछि बेहोस भएका परियारलाई स्थानीयले उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएका थिए ।
भरतपुर अस्पतालमा उपचारको क्रममा बुधवार दिउँसो ३ः१० बजेको समयमा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।














