बर्दिया, ९ जेठ-
बर्दियाको बारबर्दिया नगरपालिका–७ सिउनियामा हिजो साँझ मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५३ वर्षीया रीता रिजाल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकलयात्री रिजाललाई हिजो साँझ पौने ६ बजे भे ६ प २९१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइलक सहित चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको छ ।-न्युज कारखाना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार