चितवन, ३० जेठ
चितवनमा ग्लोबल कलेजले अन्तर्राष्ट्रीय सेमिनारको आयोजना गर्ने भएको छ। असार १ गते दिउँसो ३ बजेदेखि होटल रोयल सेन्चुरीमा सेमिनार गर्ने भएको हो ।
सेमिनार विषेश गरि एम.फिल, पी.एच.डी, मास्टर्स र ब्याचलर गर्न खोज्ने विद्यार्थीहरुको लागि आयोजना गरिएको कलेजले जनाएको छ ।
काममा व्यस्त हुने विद्यार्थीहरुलाई मध्यनजर गर्दै अनलाइनबाटै घरमा बसेर पढ्न मिल्नेबारे सेमिनारमा जानकारी दिइने कलेजका प्रधानाध्यापक शिवराज पौडेलले बताउनुभयो । पौडेलका अनुसार कलेजले काम गर्दै पढ्न मिल्ने सजिलो विषय पनि ल्याउदैछ।
उक्त सेमिनारमा विद्यार्थीहरुलाई पढ्ने विधि, कलेजले गर्ने सहयोग, अन्तर्राष्ट्रीय मान्यता, पी.एच.डीको महत्त्व लगायतका विषयहरुमा पनि जानकारी दिइने कलेजका डाइरेक्टर रमेश शर्माले बताउनुभयो।
कार्यक्रममा करिब ३०० जना विद्यार्थी सहभागी हुने कलेजले बताएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार