काठमाडौँ, ३० जेठ
अमला भिटामिन सीका लागि प्रभावकारी फल मानिन्छ । यसका विविध फाइदा रहेका छन् ।
अमलाले प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले पाचन प्रणालीलाई सुधार गर्ने, मुटुको समस्याबाट जोगाउने तथा छालालाई स्वस्थ राख्न पनि उत्तिकै मद्दत गर्छ । अमला गर्मी मौसममा खानु अझ लाभदायक मानिन्छ । गर्मीमा यसको सेवन गर्दा शरीरको तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छ ।
यहाँ अमला सेवनका केही फाइदाबारे छोटकरीमा जानकारी दिने प्रयत्न गरिएको छ ।
भरपुर भिटामिन सी
अमलामो भरपुर भिटामिन सी पाइन्छ । यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यसले प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छ । अमलाको सेवनबाट आइरन सञ्चिति गर्नमा पनि मद्दत मिल्छ ।
प्रतिरोधात्मक क्षमता वृद्धि
अमलाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । प्रतिरोधात्मक प्रणालीलाई सशक्त बनाउन यसले मद्दत गर्छ । इन्फेक्सन हुनबाट यसले जोगाउँछ । यसको सेवनबाट बिरामी छिटो निको हुनसक्छ ।
पाचन प्रणाली सुधार
अमलामा फाइबर हुने भएकाले यसको सेवन गर्दा पाचन प्रणाली सुधार हुन्छ । कब्जियत हुनबाट यसले जोगाउँछ भने पेटको स्वास्थ्य सुधार गर्छ ।
मुटु स्वास्थ्य अभिवृद्धि
अमलाले मुटुको स्वास्थ्यलाई अभिवृद्धि गराउँछ । खराब किसिमको कोलेस्टेरोललाई घटाउन यसले मद्दत गर्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । जसका कारण समग्र मुटुको स्वास्थ्यलाई नै यसले राम्रो गराउँछ ।
छालाको रक्षा
अमला खाँदा यसले छालाका सेलहरूलाई सक्रिय रहिरहन मद्दत गर्छ । जसका कारण चाँडै बुढ्यौलीपन देखिदैन । यसले छालाको चाउरिपन कम गर्ने तथा सफा कायम गरिराख्छ ।
सुगरको निगरानी
अमलामा हुने तत्वले इन्सुलिन सुधार गर्न मद्दत गर्छ । यसले रगतमा सुगरको मात्रा कायम राख्छ । यसले मधुमेह हुने जोखिम पनि कम गराउँछ ।
मोटोपन घटाउने
यसले तौल घटाउनमा पनि मद्दत गर्छ । क्यालोरी रहने स्थानलाई न्यून बनाउँदै यसले तौल घटाउन मद्दत गर्छ ।
तेजिलो आँखा
अमलाले आँखाको हेर्न सक्ने क्षमतालाई सुधार गर्छ । उमेरसँगै कम देख्ने समस्यालाई पनि यसले कम गराउँछ ।