चितवन, ३० जेठ
भरतपुर महानगरपालिका वडा नं–३, बेल चोकस्थित सडकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा पैदलयात्री नवलपुर घर भई भरतपुर–३, बेल चोकस्थित डेरा गरी बस्ने ५७ वर्षीय खिमबहादुर सिंजाली, मोटरसाइकल चालक गोरखाको पृथ्वीनारायण जगरपालिका वडा नं–३ घर भई भरतपुर–२, क्षेत्रपुरमा डेरा गरी बस्ने ३३ वर्षीय आशिष थापामगर र सोही ठाउँ बस्ने ३४ वर्षीय ईश्वर श्रेष्ठ रहेका छन् ।
बागमती प्रदेश ०६–०२ प १८४७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।
घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक आशिष थापामगरको अवस्था गम्भीर रहेको छ ।