चितवन, २९ जेठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) भरतपुर वडा नम्बर ४ कमिटीले वडा कार्यालयबाट हुने बजेट विनियोजनको लागि योजनाहरु बुदागत रुपमा वडा कार्यालयमा बुझाएको छ ।
सोमबार वडा कमिटि सभापति भोजराज शर्मा पौडेलको नेतृत्त्वमा बुझाइएको हो ।
आर्थिक वर्ष ०८१/०८२ को लागि बुझाइएको योजनामा सिपमुलक तालिम, रोजगारीमुलक कार्यक्रम, शिक्षा, स्वास्थ्य, सडक, सरसफाई, ढल व्यवस्थापन लगायतको योजना समावेश गरिएको छ ।
त्यस्तै रास्वपा वडा कमिटि भरतपुर ४ ले महानगरलाई ५ बुंदे माग पनि गरेको छ । वडा भित्रको सबै बाटो कालोपत्रे, स्मार्ट लाइट, स्वास्थ्य चौकीमा ल्याब अनिवार्य व्यबस्था गर्ने लगायतको माग महानगरमा राखेको छ ।
सभापति पौडेलका अनुसार वडाका कार्यवाहक वडाध्यक्ष ठाकुर प्रसाद सापकोटालाई योजनाका खाकाहरु बुझाइएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार