भरतपुर, जेठ २८
इलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरी टोलीले रत्ननगर नगरपालिका वडा नं.१२ मिलिजुलीचोक स्थित भित्रि सडकखण्डमा मोटरसाइकल चेकजाँच गर्नेक्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, टाँडीबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०६–००१ प ५४४९ नम्बरको एफजेडएस मोटरसाइकल चेकजाँच गर्ने क्रममा राप्ती नगरपालिका वडा नं–११ बस्ने ३० वर्षीय सरोजकुमार तामाङ र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २८ वर्षीय विनोद परियारलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
निजहरुको साथबाट झोलामा लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड ९ट्रामानिल–५०० १५ सय क्याप्सुल र प्रोमेथाजाइन हाइड्रोक्लोराइड ९एर्नागन–२५० १५ सय ट्याब्लेट बरामद गरी मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत चितवनबाट सोमबारदेखि लागू हुनेगरी सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।