चितवन, २७ जेठ
चितवनको भरतपुर नगरपालिका वडा नं–३ स्थित आधारभूत स्वास्थ्यकेन्द्र भवनको बरण्डामा सुतेको अवस्थामा एक पुरुष मृत फेला परेका छन् ।
कवाड बटुल्ने काम गर्ने अन्दाजी ५५ वर्षीय टेकबहादुर तामाङ बरण्डामा सुतेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार शवको मुचुल्कापश्चात् पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।