भरतपुर, जेठ २६
खैरहनी नगरपालिकाको वडा नम्बर ६, ८ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले वडा नं ६ को सभापतिमा राजेन्द्र सडौला, वडा नं ८ को सभापति तुलसी आचार्य र वडा नं १० को सभापति नरहरी सापकोटाको नेतृत्वमा कमिटी गठन भएको हो ।
खैरहनी नगरपालिकाको १३ वडा मध्ये गत १२ गते वडा नं २ को अधिवेशनबाट दिर्घ विक्रम केसी चयन भएका थिए भने गत १९ गते वडा नं ४ मा चिन्तामणी न्यौपाने र वडा नं १ मा भने विष्णु वास्कोटाको नेतृत्वमा कमिटी गठन भएको नगरपालिकाका सचिव उत्तम अधिकारीले बताए ।
हाल सम्म रास्वपा खैरहनीको ६ वटा वडाहरुमा अधिवेशन सम्पन्न भएको छ भने ७ वटा वडाहरुको पनि तयारी पुरा भइसकेको अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार