भरतपुर, जेठ २६
भरतपुर महानगरपालिका–१२ को आयोजना र पुस्पान्जली हस्पिटलको प्राविधिक सहयोगमा भएको निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
वरिष्ठ फिजीसियन डा. भोजराज अधिकारी, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. राम प्रसाद सापकोटा, फिजिसियन डा. रिकेश सापकोटा, वालरोग विशेषज्ञ डा.किरण देवकोटा, दन्त रोग विशेषज्ञ डा. विवेक घिमिरे लगायतले गरेको परिक्षणमा ४२५ जना विरामीले सेवा पाएका थिए ।
उक्त शिविरबाट स्त्री रोगका १२८ जना, दन्तरोगका १०० जना, बालरोगका १५ जना, भिडियो एक्सरे गर्ने २०० जना (फिजिसियन) जनरलमेडीसियनका २८२ जना विरामीले प्रत्यक्ष जचाई औषधी समेत पाएको थिए ।
कार्यक्रम भरतपुर १२ मा भएको थियो । उक्त कार्यक्रमको संयोजन केदार सुवेदीले गरेको थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार