चितवन, २६ जेठ
बालकुमारी कलेज राजनीतिक भर्ति केन्द्र बन्न खोजेको भन्दै एमाले निकट अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियु क्याम्पस कमिटीले ध्यानाकर्षण भएको जनाएको हो ।
बालकुमारी कलेज प्रशासन र व्यवस्थापन समितिले एकलौटी ढङ्गबाट कलेज सभा संचालन गरेको आरोप क्याम्पस कमिटीले लगाएको छ ।
कमिटिका अध्यक्ष रुद्र पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बालकुमारी कलेज प्रशासन र व्यवस्थापन समितिले अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटीसँग समन्वय बिना नै एकलौटी ढङ्गबाट कलेज सभालाई केही राजनीतिक दलको भर्ति केन्द्रको रूपमा अगाडी बढाउँदै एकलौटी रूपमा संचालन गर्न खोजेकोमा क्याम्पस कमिटी घोर भर्सना प्रकट गर्दछौं । उक्त कार्यको विरोध स्वरूप क्याम्पसमा विरोध सभा सम्पन्न गरिएको जानकारी गराउँदै सहभागितामूलक प्रतिनिधित्वको आधारमा अगाडि बढ्न क्याम्पस प्रशासनसंग जोडजाड माग गर्दछौं ।”
क्याम्पस प्रशासनले वेवास्ता गरि समस्याको समाधान नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
आज क्याम्पस कमिटीले बालकुमारी कलेज प्रशासन र व्यवस्थापन समितिविरुद्द बिरोध सभासमेत गरेको थियो ।