चितवन, २६ जेठ
एमाले निकट अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटीले बालकुमारी कलेज राजनीतिक भर्ति केन्द्र बन्न खोजेको भन्दै आपत्ति जनाएको छ।
शनिबार क्याम्पस कमिटीले बालकुमारी कलेज प्रशासन र व्यवस्थापन समितिले एकलौटी ढङ्गबाट कलेज सभा संचालन गरेको भन्दै बिरोध सभा गरेको थियो ।
प्रशासनले क्याम्पसलाई राजनीतिक भर्ति केन्द्रको रुपमा अघि बढाएको अध्यक्ष रुद्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार उक्त कार्यको बिरोध गर्दै आज क्याम्पसमा बिरोध सभा गरिएको हो ।
क्याम्पस प्रशासनले वेवास्ता गरि समस्याको समाधान नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटीले चेतावनी दिएको छ ।