चितवन जेठ २४
भरतपुर महानगरपालिका वडा नम्वर ६ मा वैद्धिक आयुर्वेद प्रथम सिद्धेश्वर कप नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । सिद्धेश्वर युवा क्लबको आयोजनामा यही जेठ २६ गतेदेखि प्रतियोगिता आयोजन गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
जेठ २६ गते देखि ३२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २० टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । यस प्रतियोगिता खुल्ला नकआउट चरणमा सञ्चालन हुने खेल संयोजक मिलन साँखीले जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार रुपैंया र द्धित्तिय पुरस्कार १५ हजार रुपैंया रहेको छ । खेल सञ्चालन गर्नका लागि तीन लाख रुपैंया खर्च लाग्ने क्लबका अध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । खर्च व्यवस्थापनका लागि विभिन्न संघसस्थाबाट सहयोग प्राप्त गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगिताको मुख्य प्रायोजक संस्था वैद्धिक आयुर्वेद सेवा प्रा.लीका सञ्चालक चक्रपाणि न्यौपानेले यस संस्थासंग जोडिएर फुटबलका लागि सहयोग गर्न पाउँदा आफुहरु उत्साहित भएको बताउनुभयो । उहाँले वैद्धिक आयुर्वेदले सामाजिक क्षेत्रमा निरन्तर काम गरिरहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘गतबर्ष पनि हामीले सहयोग गरेका थियौं,उहाँले भन्नुभयो,यसबर्ष पनि सहयोग गर्न पाउँदा खुसी छौं ।’ उहाँले प्रतियोगितालाई सकरात्मक रुपमा लिएर सम्पन्न गर्न समेत सबैमा अनुरोध गर्नुभयो।