चितवन, २४ जेठ
लियो क्लब अफ भरतपुर यूथले यही जेष्ठ २४ गते नऔ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त शभामा भरतपुर यूथका लायन वर्ष २०२३/२४ का अध्य्क्ष नबीन पौडेलको सभापतित्व रहेको थियो भने लायन्स क्लब अफ भरतपुर यूथका संस्थापक अध्यक्ष लायन सुरज पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा लायन्स क्लब अफ भरतपुर युथका पुर्व अध्यक्ष लायन भक्ति भुषालको उपस्तिथि रहेको थियो भने लायन वर्ष २०२४/२५ को लागी कोषाध्याक्ष पदमा भुवन नेपाली, सचिब पदमा सङ्गम पोख्रेल, उपाध्यक्ष पदमा अनिकेत भुषाल र अध्यक्ष पदमा लियो हवन ढकाल निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा उपस्थित सम्पूर्णले नयाँ कार्य समितिलाई बधाई समेत दिनुभएको थियो, कार्यक्रममा बोल्दै नबीन पौडेल, आफु निवर्तमान भए पश्चात क्लबलाई उत्तिकै चलायमान राख्नको निम्ति आफ्नो सक्रियता उत्तिकै रहने छ भनी मन्तब्य दिनुभएको थियो ।
क्लब लाई सफल र सक्रिय बनाउन क्लबका सम्पूर्ण पदाधिकारी लगाएत सदस्यहरु को उत्तिकै भूमिका रहेको र सम्पूर्णलाई लायन वर्ष २०२४/२५ मा क्लबलाई अझ उत्कृष्ट र सक्रिय बनाउन आ–आफ्नो ठाउँबाट जिम्मेबारी बहन गर्न आग्रह गर्दै आफू स्वयंले समेत क्लबको उन्नति र प्रगतिको निमित्त सदैव जोडदार मेहेनत गर्ने बताउनुभयो ।