भरतपुर, २४ जेठ
चितवनमा ‘फेसन फर्वाड चितवन’ सिजन २ हुने भएको छ । कसमस इभेन्टको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । आज बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी पुरा भएको जानकारी दिईएको छ । इभेन्टको अडिसन जेठ २४ गते सिजी लेयाण्डमार्कमा रहेको हारमोनी हाइट्स एण्ड बारमा हुनेछ ।
सहभागी मोडलहरुको लागि जेठ २५ गतेबाट कोरियोग्राफर सुसान्त काजी श्रेष्ठले ट्रेनिङ्ग दिने इभेन्ट मेनेजर अन्वेस श्रेष्ठले जानकारी दिए । करिब ६० जना मोडलहरु कार्यक्रममा सहभागी हुने आयोजकले अपेक्षा लिएको छ ।
गैंडाकोटमा रहेको नारायणी रिसोर्टमा असार ६ गते रनवे फिनाले हुनेछ ।फिनालेमा मिस नेपाल अर्थ २०२० डा• सरिसा श्रेष्ठ शोज टपरको रुपमा सहभागीहरूको हौसलाका लागी उपस्थित हुने कसमस इभेन्टकी सिइओ रेजु श्रेष्ठले बताइन । उनले चितवनमा फेसन डिजाइनहरूको क्षमता उजागर गर्न कार्यक्रमले सहयोग गर्ने बताइन ।
सहभागीहरुलाई क्याट वाकसँगै व्यक्तित्व विकास, क्यामेरा फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित तालिम दिईनेछ । कार्यक्रमको माध्यमबाट भरतपुर भ्रमण वर्षको प्रवद्र्धन र प्रचारप्रसार पनि गर्ने योजना रहेको श्रेष्ठले बताइन । फेसन फर्वाडमा खर्च कटाएर बचेको केहि रकम देबघाटमा रहेको बालिका आश्रमलाइ सहयोग गर्ने आयोजकको तयारी छ ।
फेसन डिजाइनरहरूले बनाएको ड्रेसअपलाई मोडेलहरूको कोरियोग्राफ काजी प्रोडक्सनका सिईओ सुसान्त काजी श्रेष्ठले गर्नेछन् । कसमस इभेन्टले फेसन फर्वाड चितवन पहिलो सिजन २०७८ सालमा सम्पन्न गरेको थियो । फेसन र बुटीक क्षेत्रकाे प्रबर्धनका लागी कसमस इभेन्ट २०७६ सालमा स्थापना भएको सस्था हो ।