भरतपुर जेठ २३-
भरतपुर १० मा रहेको अर्किड माध्यमिक विद्यालयले ५२ औँ विश्व वातावरण दिवस विविध कार्यक्रम आयोजना गरि मनाएको छ।
कार्यक्रमको पुर्व सन्ध्या पारी विश्व साइकल दिवसको दिन ” साइकल द्वारा स्वास्थ, समता र दिगोपन प्रबर्द्धन गरौ” भन्ने नारालाइ अनुसरण गर्दै शिक्षक, विद्यार्थी को व्यापक सहभागीता मा ३ जुन को दिन साइकल र्याली सम्पन्न गरिएको कार्यक्रम संयोजक एवम शिक्षिका प्रतीक्षा श्रेष्ठले बताउनभयो।
त्यसैगरी ५२ औँ विश्व दिवसको अवसरमा ” हाम्रो भुमी हाम्रो भविष्य” नारा लाई आत्मसात गर्दै सदा झै यस वर्ष पनि सम्पदा सरसफाइ कार्यक्रमलाइ निरन्तरता दिइएको शिक्षिका सावित्री छेत्रीले बताउनु भयो। जस अनुसार भरतपुर क्षेत्रका मठमन्दिर वरपर विद्यार्थीको सहभागितामा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो।
वातावरण दिवस लाई नै सारपुर्ण रूपमा मनाउन साना बालबालिकाहरू द्वारा विद्यालय परिसर भित्र फुलका बिरुवा लगायत अन्य बिरुवा सहित वृक्षारोपण कार्यक्रम पनि गरिएको शिक्षिका प्रतीक्षा पनेरूले बताउनुभयो।
कार्यक्रम लाई सहभागीता मुलक बनाउन , पोस्टर प्रदर्शनी प्रतियोगिता, खेर गएका वस्तुको विवेकपुर्ण प्रयोगका लागि ” जन्क आर्ट ” प्रतियोगिता पनि गरिएको थियो। प्रतियोगितात्मक धारमा गरिएको कार्यक्रमले प्रतिस्पर्धा र रोचकता संगै वातावरण संरक्षणमा रचनात्मक सचेतता वृद्धि हुने अपेक्षा विद्यालय ले लिएको श्रेष्ठले बताउनुभयो।