चितवन, २३ जेठ
भरतपुर महानगरपालिका वडा नं–४ स्थित नारायणी नदीकिनारमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको छ । नारायणी सामुदायिक वनपछाडि नारायणी नदीकिनारमा पुरुष व्यक्तिको शव फेला परेको हो।
नामथर, वतन नखुलेका एक पुरुष व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।
शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।