चितवन, २३ जेठ
भरतपुर महानगरपालिका वडा नं–११, शान्तिटोलमा घरको छतबाट लडेर १६ महिनाको बालक घाइते भएका छन् ।
घाइते हुनेमा भरतपुर–११ बस्ने सुमित्रा श्रेष्ठका १६ महिनाको छोरा सदबिख श्रेष्ठ रहेका छन्।
बालक आफ्नै एकतले घरको छतबाट लडी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
मुखबाट रगत बगेको अवस्थामा घाइते बालकको उपचारमा निजका आमा र मामा संलग्न रहेको प्रहरीले जनाएको छ ।