चितवन, २२ जेठ
चितवनको वैदिक आयुर्वेद सेवा प्रा.लिले नेपालको प्रत्येक रनमा असाहय,जेष्ठ नागरिकलाई खाना खुवाउने घोषणा गरेको छ ।
अमेरिका र वेस्टइन्डिजमा जारी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीको मनोबल उच्च राख्न वैदिक ले सप घोषणा गरेको हो ।
सिमित स्रोत र साधनका बीचपनि नेपाली खेलाडिहरु विश्वकपमा पुग्नु गौरवको बिषय भएको वैदिक आयुर्वेदका प्रबन्धक चक्रपाणि न्यौपानेले बताए । न्यौपानेले विश्वकप सकिएपछि चितवनका विभिन्न आश्रममा पुगेर असाहय अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने जानकारी दिए । नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्छन भन्नेमा ढुक्क छौं,आगामी दिनमा नेपाली क्रिकेट खेलाडीलाई सहयोग गर्नेछौं ।’ उनले भने ।
आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपाल आज नेदरल्याण्डसँग खेल्दै छ । नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समयानुसार आज राति ९ः३० हुनेछ ।
विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना समेत प्रदान गर्नुभएको छ ।