चितवन, १९ जेठ
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले पनि स्वास्थ्य बीमा मार्फत् उपचार सेवा दिने भएको छ । स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच शुक्रबार सम्झौता भएको हो । बोर्डले साउन १ गतेबाट लागु हुनेगरी सिएमसीलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरेको छ ।
चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बिरामीहरुको चाहना अनुसार आफूहरुले पुनः स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताउनुभयो ।
देवकोटाका अनुसार बीमा गरेका बिरामी टाढाटाढाबाट समेत आउने गरेको तर, बीमाको सुविधा नहुँदा समस्या पर्ने गरेको भन्दै बिरामीको समस्यालाई मध्यनजर गर्दै बीमाको सेवा शुरु गर्न लागेको बताउनुभयो ।
देवकोटाले भन्नुभयो “सुपर स्पेशलिष्ट सेवा सिएमसीमा भएर पनि बीमाका बिरामीहरु राजधानी काठमाण्डौं जान बाध्य हुनु पर्ने अवस्था आयो, त्यसैले हामीले पुनः बीमा मार्फत् उपचार सेवा शुरु गर्दैछौं ।”