काठमाडौं, १९ जेठ
आफ्नो शरीरलाई फिट राख्नका लागि कतिपयले बिहानको नास्तामा दूध पिउने गर्छन् । तर, तपाईंलाई थाहा छ दूधलाई चिसो बनाएर पिउँदा पनि धेरै नै फाइदाहरू पाउन सकिन्छ । विशेषगरी गर्मी मौसममा चिसो दूध पिउँदा हुने फाइदाका बारेमा जानौं ।
गर्मीमा पूरा दिनभर क्रियाशील र ऊर्जावान बनिरहनका लागि बिहान चिसो दूध पिउन सकिनेछ । यसले दिनभर शरीरमा ऊर्जा दिने काम गर्छ ।
गर्मी मौसममा कतिपयलाई एसिडिटीको समस्या हुने गर्छ । यसबाट राहत पाउनका लागि चिसो दूध पिउनु फाइदाजनक हुन्छ । चिसो दूधले एसिडिटीलाई अझै बढाउने काम गर्छ ।
चिसो दूधले पेटको अम्ल तत्वलाई नियन्त्रण गर्न सहयोग गर्छ । जसले गर्दा पेट पोल्ने समस्याबाट पनि राहत पाउन सकिन्छ ।
गर्मीमा धेरै पसिना आउने हुँदा छाला एकदमै सुख्खा र नराम्रो देखिने गर्छ । यस्तोमा छालालाई हाइड्रेट बनाइराख्नका लागि तपाईं चिसो दूध पिउन सकिनेछ ।
चिसो दूध पिउँदा छाला स्वस्थ बनिरहन्छ । नियमित रूपमा चिसो दूध पिउँदा छालामा प्राकृतिक रूपमा चमक आउन थाल्छ ।
यदी तपाईं तौल कम गर्न चाहनुहुन्छ भने पनि चिसो दूध फाइदाजनक हुन्छ । यसले शरीरको मेटाबोलिज्म बुस्ट गर्छ जसले गर्दा क्यालोरी बर्न गर्न सजिलो हुन्छ ।