काठमाडाैं जेठ १७,
स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज (बिहीबार) सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको हो ।
बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ४० हजार पाँच सय निर्धारण भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा १ लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकोमा आज १ लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा २५ सयले वृद्धि भएको हो ।
चाँदीको मूल्य तोलामा ७० रुपैयाँले वृद्धि भएको छ ।
बुधबार एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज एक हजार नौ सयमा बिक्री भइरहेको महासंघले जनाएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार