चितवन,जेठ १५–
चितवनको नारायणी र बुटवलको तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण गर्न २ अर्ब रुपैयाँ विनियोजन भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ मा बजेट सार्वजनिक गर्दै उक्त बजेट छुट्याइएको जानकारी गराएका हुन् ।
चितवन र नवलपुरको गैडाकोट जोड्ने पुल निर्माणको कार्य शिलान्यास भइसकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि मात्रै पुल शिलान्यास गरेका थिए । बुटवल तिनाउ पुन निर्माणको शिलान्यास भने अझै भएको छैन ।














