चितवन, १२ जेठ
चितवनमा इट्टा लोड भएको ट्रकको पछाडि लहरी ट्रक ठोक्किदा लहरी चालक घाइते भएका छन् ।
आज बिहान करिब २ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ बेल्सीचोकमा पूर्वबाट आउँदै गरेको ना ६ ख ३४११ नम्बरको इट्टा लोड भएको ट्रकको पछाडि सोहि दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००१ ख ३३३१ नम्बरको लहरी गाडी ठोक्किएको हो ।
लहरी गाडी चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने वर्ष ३२ को शिवराज तिवारीलाई गाडीको बीचमा च्यांपिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।
तिवारीको बायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ । उनको अहिले एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
प्रहरीले दुवै सवारी साधन र ट्रक चालक रौतहट चन्द्रनिगाहापुर–१० बस्ने वर्ष ३२ को सुनिल विश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














