भरतपुर, ५ जेठ
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले चितवनको भरतपुरमा वित्तीय सल्लाहकारहरूको लागि सीप विकास कार्यशाला सम्पन्न भएको छ ।
भरतपुर, नारायणगढ, चनौली, टाडी, पर्सा, माडी, गैडाकोट र कावासोती क्षेत्रमा रहेर कम्पनीमा आवद्ध रहेका १०० जना भन्दा धेरै वित्तीय सल्लाहकारहरूको उपस्थिति रहेको कार्यक्रममा कम्पनीका डिपुटी चिफ एजुकेटिभ अफिसर निराजन कडेलको प्रशिक्षण रहेको थियो ।
मानिसको जिवनमा पैसाको महत्व र यसको व्यवस्थापन गर्ने सन्दर्भ लाई कडेलले उदाहरण सहित प्रस्टाउनु भएकोमा सहभागीहरू निकै उत्साहित भएका थिए । यी र यस्ता कार्यक्रमबाट प्राप्त ज्ञानले मानिसको जिवनमा लागु गर्न सके सकरात्मक परिवर्तन हुने सहभागीहरूले बताए ।
चितवन एरिया मेनेजर इशा प्रधानले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रममा सहभागीहरू विशेष रूपमा प्रशिक्षित हुने अवसर भएको बताउनु भयो । हेटौंडा एरिया मेनेजर सुर्य गिरीको विशेष उपस्थिति रहेको कार्यक्रम भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको थियो ।