चितवन, जेठ २
राइटपाथ करियर काउन्सिलिङ चितवनले जेठ ४ गते ‘ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४’ आयोजना गर्ने भएको छ ।
उक्त कन्क्लेभ राइटपाथको लायन्सचोकस्थित आफ्नै कार्यालयमा हुने भएको हो ।
कन्क्लेभमा एप्लिकेशन प्रोसेसिङमा सतप्रतिशत अफर, फिल्मको निःशुल्क टिकट र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको राइटपाथ करियर काउन्सिलिङ चितवनले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
अमेरिका, क्यानडा, युके र अष्ट्रेलिया लगायतका विभिन्न विश्वविद्यालयहरुको आकर्षक छात्रवृत्तिको व्यवस्थाका साथै छ हजार रुपैयाँ लाग्ने आईएलटिएस परीक्षा दुई हजार ८१ रुपैयाँमै गरिने राइटपाथ काउन्सिलिङले जानकारी दिएका हुन् ।
उक्त कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीहरुले एउटै छानामुनि भेट्न पाउनेछन् ।
यस कार्यक्रमले विद्यार्थीलाई परीक्षाको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्धेश्यले पनि कन्क्लेभ आयोजना गर्न लागिएको हो ।
राइटपाथले उच्च शिक्षाका लागि विदेश जाने चाहने विद्यार्थीहरुलाई विगत ६ वर्षदेखि चितवनबाट सेवा दिँदै आएको छ ।
उक्त कन्क्लेभमा राइटपाथकी ब्राण्ड एम्बेस्टर मिस नेपाल २०१६ अस्मी श्रेष्ठ र गायिका अञ्जु पन्त समेत सहभागी हुने छ ।