भरतपुर, जेठ २-
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको भित्तेपात्रो विमोचन भएको छ ।
काठमाडौँमा जारी विद्यार्थी महोत्सवमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त भित्तेपात्रोको विमोचन गरेको हुन् ।
विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियु जिल्ला कमिटी चितवनको भित्तेपात्रो विमोचन गरिएको अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष हरि आचार्यले जानकारी दिए ।














