चितवन, २ जेठ
चितवनको फोर्ब्स कलेजले निशुल्क ‘फ्रि ट्रेनिङ क्याम्प’ (निशुल्क तालिम शिविर) सञ्चालन गर्ने भएको छ । कलेजले आगामी जेठ १३ गतेदेखि असार १५ गतेसम्म फ्रि ट्रेनिङ क्याम्प सञ्चालन गर्न लागेको हो ।
स्नातक तहमा आईटी र होटल म्यानेजमेन्ट पढ्न रुची भएका विद्यार्थीहरुका लागि फ्रि ट्रेनिङ क्याम्प सञ्चालन गर्न लागेको कलेजका प्राचार्य हरिशरण पाठकले जानकारी दिए । कलेजका अनुभवी र तालिम प्राप्त शिक्षकहरुले आइटी र होटल म्यानेजमेन्ट विषयका विविध पाटोका बारेमा विद्यार्थीहरुलाई अध्यापन गराउने पाठकले बताए ।
पाठक अनुसार फ्रि ट्रेनिङ क्याम्पमा सहभागिता जनाउनका लागि विद्यार्थीहरुले कलेजको वेबसाइट र आधिकारीक पेजमा राखेको क्यूआर कोडलाई स्क्यान गरि अनलाईन मार्फत आवेदन दिनुपर्नेछ ।
भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरमा अवस्थित फोर्ब्स कलेज आइएसओ मान्यता प्राप्त कलेज हो ।
विस २०७४ सालमा स्थापना भएको फोर्ब्स कलेजमा ब्याचलर अफ होटल म्याजेजमेन्ट र ब्याचलर अफ कम्प्युटर साईन्स (नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी) मा पढाई हुँदै आएको छ ।फोर्ब्स कलेज राजधानी बाहिर साइबर सेक्युरिटी पढाइहुने एकमात्र कलेज हो ।