चितवन, बैशाख २ –
भरतपुर–माडी–ठोरी बस नारायणगढको लायन्स चोकबाट छुट्न सुरु गरेका छन् । साथै बस नारायणगढको पुल्चोकसम्मै पुग्ने र लायन्स चोक आएर बस्ने भएका हुन् ।
विगतमा चौबिसकोठी हुँदै बसपार्क जाने र चौबिसकोठीबाट यात्रुहरु चढ्ने गर्दथे । बसहरु यही १ गतेदेखि नारायणगढ झर्न सुरु गरेको माडी यातायात उपसमितिका अध्यक्ष हितमान गुरुङ्ले जानकारी दिए ।
अब बसहरु लायन्स चोकमा रहेको पेट्रोलपम्प शुभ पेट्रोल्याण्डबाट यात्रुहरु चढाएर गन्तव्यका लागि छुट्ने भएको हो । माडी–ठोरी जाने बसको टिकट काउण्टर समेत शुभ पेट्रोल्याण्डमै खोलिएको छ ।
शुभ पेट्रोल्याण्डका सञ्चालक सवल पियाले यस निर्णयले यात्रुहरुलाई सहज हुनुका साथै नारायणगढका व्यावसायीहरुलाई पनि राहत मिल्ने बताए ।