चितवन, बैशाख २ –
३१ औं मदन आश्रित स्मृति दिवसमा भोलि जेठ ३ गते भरतपुरको दासढुंगामा स्मृति सभा हुने भएको छ ।
नेकपा एमाले चितवनको आयोजनामा दासढुंगाको मदन स्मृति पार्कमा सभा हुने नेकपा एमाले चितवनका उपसचिव एवम् पार्टी प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए ।
ढुंगानाले सबै पार्टी कमिटी÷जनवर्गीय संगठन लगायत सम्पूर्ण समर्थक÷शुभचिन्तकहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
भोलि बिहान ७ बजे पार्टी कार्यालय चितवनमा जम्मा भएर ०७ः३० बजे
कार्यक्रम स्थलमा प्रस्थान गर्ने र ८ बजेबाट कार्यक्रम सुरु गर्ने समय तालिका बनाइएको ढुंगानाले जानकारी दिए ।